Sagun Khabar
नयाँ सरकारका लागि राष्ट्रपतिको आह्वान विरूद्ध सर्वोच्चमा ९ रिट 

काठमाण्डौं–राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनका लागि गरेको आह्वान संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा ९ वटा रिट पेश भएका छन् ।

अधिवक्ता तेज कुमार लोहिया, रामबहादुर शाही, लक्ष्मी बिष्ट, कपिलदेव ढकाल, सन्तोष भण्डारी, राजकुमार सुवाल लगायत ९ जनाले रिट ल्याएको सर्वोच्च प्रशासनले जानकारी दिएको छ । अधिवक्ता लोहियाले आफूले दिएको रिट सर्वोच्च अदालते दर्ता प्रकृयामा पठाएको बताए । ‘प्रधानमन्त्री बहाल रहेको अवस्थामा अर्को सरकार गठन गर्न नमिल्ने भन्दै मैले रिट दर्ताका लागि पेश गरेको छु । सर्वोच्च प्रशासनले दर्ता प्रकृया थालेको छ,’ उनले भने ।

स्वास्थ्य सन्देश
Atrya hospital

संविधानको धारा ७६ (५) बमोजिम सरकार बनाउन आह्वान गर्दै राष्ट्रपति कार्यालयले बिहीबार राति जारी जारी सूचना गैरसंवैधानिक रहेको उनको रिटमा उल्लेख छ । ‘नयाँ सरकार गठनका लागि त प्रधानमन्त्रीले राजीनामा पत्र दिनुपर्छ नभए संसदबाट विश्वासको मत गुमाएको हुनुपर्छ, प्रधानमन्त्रीको पद रिक्त नभई नयाँ सरकार गठनको आह्वान हुन सक्दैन,’ उनले भने,’राष्ट्रपतिले संविधानको धारा ६१ को ४ बमोजिमको कर्तव्य पालना गर्नुभएको छैन भन्ने कुरा पनि मेरो रिटमा उल्लेख छ ।’

उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट«पतिको कार्यालयलाई विपक्षी बनाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update