Sagun Khabar
प्रधानमन्त्री ओलीले फेरी प्रधानमन्त्री पदको दाबी गर्नु असंवैधानिक :नेता लेखक 
स्वास्थ्य सन्देश
Atrya hospital

काठमाण्डौं –नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदको दाबी गर्नु असंवैधानिक काम भएको बताएका छन् ।

संसदमा विश्वास मत लिने अवसर हुँदाहुँदै आफूले विश्वासको मत लिन नसक्ने भन्दै मन्त्रीपरिषदबाट निर्णय गरेकाले प्रधानमन्त्री ओलीले अब प्रधानमन्त्रीमा दाबी गर्न नहुने नेता लेखकले बताए ।

उनले भने ‘नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई आह्वान गर्न लगाउने अनि आँफै प्रधानमन्त्रीको दाबी गर्ने यो कुरा संवैधानिक, कानुनी, नैतिक र राजनीतिक कुनै पनि रुपमा ठीक छैन् ।’  
 

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update