Sagun Khabar
संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने विपक्षी गठबन्धनको निर्णय

काठमाडौं – विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ। 

संसद भवन नयाँ बानेश्वरमा बसेको गठबन्धनका नेताको संयुक्त बैठकले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कार्यका विरुद्ध एक भई प्रतिवाद गर्ने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री र राष्ट्रपतिको यो कदमबाट मुलुक नयाँ राजनीतिक ध्रुवीकरण र जटिलतातर्फ धकेलिएको निष्कर्ष निकालेको छ। 

स्वास्थ्य सन्देश
Atrya hospital

बैठकपछि जारी संयुक्त वक्तव्यमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। 

-थाहा खबरबाट 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update