Sagun Khabar
कञ्चनपुरको दोधाराचाँदनीमा फरक–फरक पार्टीबाट लडेका श्रीमान–श्रीमती विजयी
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर- कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा एकदम्पती नै निर्वाचित भएका छन्। दोधाराचाँदनी नगरपालिका– ७ को सदस्यमा श्रीमान सन्दीप उपाध्याय र श्रीमती कमला उपाध्याय  निर्वाचित भएका हुन्।  सन्दीप एमालेबाट र कमला कांग्रेसबाट चुनाव लडेका थिए। 

एमालेबाट चुनावमा होमिएका सन्दीपले सात सय ५५ र कमलाले सात सय ९२ मत ल्याएर वडासदस्यमा निर्वाचित भएसँगै उपाध्याय परिवारमा खुसी छाएको छ। सन्दीपले दुई विवाह गरेका छन्। कमला उनकी जेठी श्रीमती हुन्।

प्रकाशित मिति: बुधबार, जेठ ४, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update