Sagun Khabar
कञ्चनपुरको पुनर्वासमा कांग्रेस विजयी, मेयरमा शर्मा र उपमेयरमा राना निर्वाचित 
स्वास्थ्य सन्देश
Atrya hospital

कञ्चनपुर –कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका छन्  । उनले १० हजार ६ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पदमबहादुर पुजाराले ४ हजार ६७४ मत प्राप्त गरे । 

यस्तै उपमेयरमा पनि काँग्रेसकै भुलियाकुमारी राना विजयी भएकी छिन् । उनले ७ हजार ३४५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५ हजार ४९२ मत प्राप्त गरेको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले बताइन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update