Sagun Khabar
चट्याङ लागेर   कञ्चनपुरका दुइ  जनाको  मृत्यु
chatyan_1.jpg

 कञ्चनपुर- चट्याङ लागेर  कञ्चनपुरका दुइ  जनाको  मृत्यु भएको  छ । कैलालीमा चट्याङ लागेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरी मृत्यु भएको हो  भने कञ्चनपुर मै चट्याङ लागेर पुनर्वास नगरपालिका–८ ’क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको हो ।

थापाको खेतमा काम गरिरहेकी बेला (मंगलार) बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

स्वास्थ्य सन्देश
Atrya hospital

यस्तै चौधरिको भने कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनिको जमिनमा रोपाईँ गर्न गएका   बेला  चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update