Sagun Khabar
 भारतको धौलीगङ्गा बाँध खोलियो, महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

बैतडी- भारतको तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको ड्याम साइटका ढोका खोलिएको  छ । बिहान ५ बजेदेखि भारतले सिल्ट फ्लशिङ्ग गर्न भन्दै बाँधका ढोका खोलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

ढोका खुलेपछि  महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भन्दै आसपासका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले  आग्रह गरेको   छ । बिहान ५ बजे  खोेलिएका बाँधका ढोका बेलुका ८ बजेसम्म खुला हुने पनि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निकालेको सूचनामा उल्लेख गरिएको  छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

ढोका खोलिएपछि महाकाली नदिमा जलस्तर बढ्न सक्ने भएकाले  दार्चुला र  बैतडी महाकाली नदि किनार  तटिय क्षेत्रका बासिन्दाहरुलाइ  सर्तक रहन आग्रह गरिएको  छ ।  भारतको पिथौरागढमा रहेको धौलीगङ्गा पावर स्टेशनले आज बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँधको ढोका खोलिने जानकारी  जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको थियो ।

त्यही पत्र अनुसार जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना निकालेको  दार्चुलाका सहकायक प्रमुख जिल्लाअधिकारी  हेमन्ती साउदले  जानकारी दिए । यस्तै, महाकाली जलाधारका केही ठाउँमा वर्षासमेत भएकाले नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ०८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update