Sagun Khabar
कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु, दुई जना घाइते

कञ्चनपुर-  कञ्चनपुरमा घर भत्किँदा एक शिशुको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्लाको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा ८ महिनाको शिशु करिश्मा खुनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

 यस्तै ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु घाइते भएका छन्।

स्वास्थ्य सन्देश
Atrya hospital

काठको पुरानो घर वर्षाका कारण भत्किएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update