Sagun Khabar
बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध 
फाइल फोटो

बाजुरा –बाजुराको साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–१ बल्देमा पहिरो जाँदा सडकखण्ड अवरुद्ध भएको बताइएको छ ।

लगातारको वर्षाका कारण पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।  अहिले पहिरो पन्छ्याउने काम भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयल अत्तरीयाले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ०८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update