Sagun Khabar
बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ–बझाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सुर्मा गाउँपालिका वडा नं २  रातोपडमा सडकमा काम गरेर घरतर्फ गइरहेको सु.प.प्र. ०२००१ त १३०८ नम्बरको ट्याक्टर बिहीबार राति करिब ८ बजे घट्टेखोलामा दुर्घटनामा परेको हो । 

ट्याक्टर दुर्घटना हुँदा २७ वर्षीय नरेश बोहराको मृत्यु भएको छ । यस्तै चालक विमल बोहरासहित ६ जना घाइते भएका हुन् ।

ट्याक्टरको स्टेरिङले काम नगर्दा सडकबाट करिब २० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update