Sagun Khabar
दार्चुलामा पहिरोमा परी एकजनाको मृत्यु 
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला – दार्चुलामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ ।  नौगाड गाउँपालिका वडा नम्बर ६ परीगाउँका २१ बर्षीय करनससिंह ठगुन्नाको पहिरोमा पुरिएर ज्यान गएको स्थानीय प्रकाश धामीले बताए । 

शनिबार (आज) दिउँसो साढे चार बजेको समयमा भटडाणाबाट परीगाउँ जानेबेला पहिरोमा परी ठगुन्नाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

घटनाका बिषयमा अनुसन्धान गर्नका लागि इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक सुरज बहादुर सिंह नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update