Sagun Khabar
दार्चुलामा लडेर महिलाको मृत्यु
स्वास्थ्य सन्देश
Atrya hospital

दार्चुला- दार्चुलामा खानेपानीको पाइप जोड्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ।  दुहु गाउँपालिका–१ बिण पिपलचौरी बस्ने ४५ वर्षीया पुष्पा जोशीको शनिबार लडेर मृत्यु भएको हो। 

घर नजिकै रहेको खानेपानी पाइप जोड्ने क्रममा पाइपमा चिप्लिएर उनी करिब १ सय मिटर तल खसेकी थिइन्। गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीले उक्त विषयमा थप अनुसन्धान भइरहेको बताएको छ। 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update