Sagun Khabar
बैतडीमा केदारनाथ ज्योतिर्लिङ्ग स्थापना

बैतडी –बैतडीको रौलाकेदार धाममा केदारनाथ ज्योतिर्लिङ्ग स्थापना भएको  छ । नेपालका प्रथम ऐतिहासिक  जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले ज्योतिर्लिङ्ग स्थापना गरेका हुन् । ज्योतिर्लिङ्ग स्थापनाका लागि  मन्दिरको निर्माण गरिएको छ । 

रौलाकेदार मन्दिर नजिक रहेको दुले भन्ने स्थानमा निर्माण गरिएको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना गरिएको हो । 

गत माघ १८ गते देखि निर्माण थालिएको ज्योतिर्लिङ्ग मन्दिरको  निर्माण कार्य सम्पन्न भएपछि आज विधिवत रुपमा ज्योतिर्लिङ्ग स्थापना गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्बर बहादुर कुवँरले जानकारी  दिए । 

मंगलबार ज्योतिर्लिङ्ग स्थापना लागि निर्माण गरिएको मन्दिरको  पुजाआजा सहित उद्दघाटन गरिने बताइएको छ । सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुवँर र दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले मंगलबार पुजाआजासहित मन्दिरको उद्घाटन गर्ने कार्यक्रम रहेको  छ ।  

जगद्गुरुका अनुसार भगवान शिवका बाह्र ज्योतिर्लिङ्ग मध्ये केदारनाथ ज्योतिर्लिङ्ग रौलाकेदार हो । पौराणिक रावलाद्री पर्वतमा केदारनाथ ज्योतिर्लिङ्ग रहेको पुराणहरुमा उल्लेख गरिएको समेत जगद्गुरुले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १७:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update