Sagun Khabar
आफूखुसी करार शिक्षकहरुको अवधि नथप्न दनपाको आग्रह 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले करार शिक्षकहरुको अवधि आफूखुसी नथप्न आग्रह गरेको छ । करार शिक्षकहरुका बारेमा आगामी आर्थिक बर्षमा कसरी अगाडि बढ्ने भन्ने पालिकाले निर्णय गरिनसकेकाले विद्यालयहरुलाई सचेत गराइएको नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । 

केही विद्यालयहरुले करार शिक्षकहरुको आफूखुसी करार नवीकरण गरिरहेको भन्ने खबर आएकाले त्यसो नगर्न नगरपालिकाले आग्रह गरेको हो । करार शिक्षकका बिषयमा अहिले सम्म नगरपालिकाले निर्णय गरिनसकेकाले करार अवधि थप्ने कार्य नगर्न विद्यालयहरुलाई सचेत गराइएको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

दशरथचन्द नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै नगर क्षेत्रभित्रका विद्यालयहरुमा कार्यरत करार  शिक्षकहरुको अवधि थप्ने ÷नथप्ने क्षेत्राधिकार पालिकाको रहेकाले यो तर्फ सचेत हुन सबै विद्यालयहरुलाई आग्रह गरेको छ । 

DCM education1656937070.jpg

प्रकाशित मिति: सोमबार, असार २०, २०७९  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update