Sagun Khabar
बाजुराको बुढीगंगामा निर्वाचनका लागि ९५ कर्मचारी खटाइए

बाजुरा- बाजुराको बुढीगंगा नगरपालिकामा यही असार २३ गते हुने पुनः मतदानका लागि कर्मचारी खटाइएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराका अनुसार  पुनः निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको छ। 

पुनः निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ। १९ वटै मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ।

स्वास्थ्य सन्देश
Atrya hospital

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको थियो। जेठमा बसेको सर्वदलीय बैठकमा असार २३ गते गर्ने राजनीतिक दलको सहमतिपछि बुढीगङ्गामा पुन निर्वाचन हुन लागेको हो। 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update