Sagun Khabar
रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु , २४ जना घाइते

रामेछाप –रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् । 

रामेछापको सुनापथी गाउँपालिकाको हिलेदेवीबाट काठमाण्डौको लागि छुटेको बा ३ ख ८३९६ नम्बरको बस खाँडादेवि गाउँपालिका–१ को लुभुघाटमा दुर्घटनामा परेको हो । 

स्वास्थ्य सन्देश
Atrya hospital

ज्यान गुमाउनेमा पाँच जना पुरुष र चार जना महिला रहेका रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार तामाङले जानकारी दिए । 

तामाङका अनुसार दुर्घटनामा घाइते भएका २४ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। केही घाइतेहरुको हेलिकप्टरमार्फत उद्धार गरिएको तामाङले बताउनु भयो । 

अहिले शव सङ्कलन र उद्धारको कार्य भइरहेको उनले बताए ।  

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update