Sagun Khabar
बैतडीको सुर्नयामा करार कर्मचारीमाथि छानबीन शुरु

बैतडी-  बैतडीको सुर्नया गाउँपालिकामा करार कर्मचारी माथि छानविन सुरु भएको छ ।  गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुवँरले अवैधानिक कर्मचारि रहेका भन्ने  व्यापक गुनासो पछि कर्मचारी माथि छानविन सुरु गरिएको बताएका हुन् । 

सगुन खबर संग कुरा गर्दै उनले  कुन वडामा कति जना रहेका छन् भन्ने कुराको यकिन जानकारीका लागि तथ्याँक सकंलन संगै छानविन प्रकृया अगाडि बढाएको बताए  । अवैधानिक  तरिकाले नियुक्ती गरिएका कर्मचारी पाइए हटाइने अध्यक्ष कुवँरले बताए ।

स्वास्थ्य सन्देश
Atrya hospital

सुर्नया गाउँपालिकाभित्र  अवैधानिक  कर्मचारिहरु रहेका भन्दै  हटाउन माग गरिएको छ । कर्मचारी खारेजिको माग गर्दै गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता भएको छ । 

स्थानीय युवा प्रकाश भट्टले   अवैधानिक कर्मचारी खारेजिको  माग गर्दै निवेदन गर्दा गराएका  हुन् । गाउँपालिका र प्रशासनमा निवेदन परेपछि अहिले अध्यक्ष कुवँरले  हटाउने  प्रकृया थालिसकेको बताएका छन् । 


 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update