Sagun Khabar
शिक्षकले विद्यार्थी पिटेको भिडिओ भारतको हो : बझाङ प्रहरी

धनगढी- बझाङको भनेर भाइरल भएको शिक्षकले विद्यार्थी पिटेको भिडिओ भारतको भएको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बझाङले उक्त भिडिओ बझाङको नभई भारतको भएको बताएको हो।

मंगलबार फेसबुकमार्फत जिप्रकाले “बझाङमा एउटा बालकलाई निर्घात हुने गरी कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही गर” भन्ने व्यहोराको स्टाटस राखी सामाजिक सञ्जालमा अपलोड गरिएको भिडिओ सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिप्रकाले अनुसन्धानको क्रममा घटनाबारे बुझ्दै जाँदा उक्त भिडिओ बझाङ जिल्लामा घटेको घटनाको नभई भारतको पटनास्थित एक कोचिङ सेन्टरमा शिक्षकले छात्रलाई कुटपीट गरेको भिडिओ भएको बताउँदै भ्रममा नपर्न भनेको छ। शिक्षकले विद्यार्थी कुटेको सो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update