Sagun Khabar
झुलाघाट पुल मर्मत गरिँदै 

बैतडी –नेपाल –भारत सीमा जोड्ने झुलाघाटको झोलुंगे पुलको मर्मत कार्य शुरु भएको छ । महाकाली नदीमाथि रहेको झुलाघाट पुल जीर्ण भएपछि मर्मत कार्य शुरु भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । 

दुवै देशका सुरक्षा अधिकारीहरुको बैठक बसेर पुल मर्मत गर्ने सहमति भएको उनले बताए । झुलाघाट पुलका केही पट्रीहरु टुटफुट भएकाले मर्मत कार्य शुरु गरिएको हो । भारत सरकारका तर्फबाट पुल मर्मत गर्ने कार्य भइरहेको सूचना अधिकारी भारतीले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

मंगलबारदेखि पुल मर्मत कार्य शुरु भएको र भोलि पुल मर्मतका लागि नाका बन्द हुन सक्ने सूचना अधिकारी भारतीले बताए । उनले भने ‘पुल मर्मत कार्य शुरु भइसकेको छ । भोलि दिनभर पुल मर्मतको काम हुने भएकाले पुल बन्द हुन सक्छ ।’

करीब डेढ सय बर्ष पुरानो झोलुंगे पुल त्यतिबेला इष्ट इण्डिया कम्पनीले निर्माण गरेको बताइन्छ । झुलाघाट नाका पुरानो नाका भएपनि यो नाकामा पक्की पुल नहुँदा समस्या रहँदै आएको छ । 

पहिला कर्णाली सहित सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिक यही नाका भएर भारत पस्ने गर्दथे । अहिले पनि कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिक रोजगारीका लागि यही नाका भएर भारत जाने गर्दछन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update