Sagun Khabar
हिंसा प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा स्वास्थ्यकर्मीहरुलाई तालिम 

बैतडी –लैगिंक हिंसा प्रभावितहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ । जिल्ला अस्पताल बैतडीको आयोजना, महिला विकास र कानुन मञ्च, आइपस र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए)को सहयोगमा तालिम सञ्चालन गरिएको हो । 

हिंसा प्रभावितहरुको पहिचान गर्ने, उनीहरुको व्यवस्थापन, मनोसामाजिक परामर्श, न्यायिक सञ्जालसंग जोड्ने उचित प्रेषणका बिषयमा जानकारी दिनका लागि तालिमको आयोजना गरिएको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका कार्यक्रम अधिकृत खगेन्द्र भट्टले बताए । 

स्वास्थ्य सन्देश
Atrya hospital

जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ४८ जना स्वास्थ्यकर्मीहरुलाई तालिक दिएको बताइएको छ । तालिमले हिंसा प्रभावितहरुलाई दिनुपर्ने सेवा प्रदानमा सहजता आउने विश्वास गरिएको छ । 

तालिमको आज एक कार्यक्रमकाबीच समापन गरिएको छ । जिल्ला अस्पताल विकास समितिका अध्यक्ष पार्वती भट्टको अध्यक्षतामा भएको तालिम समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । यस्तै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायतको तालिम समापन समारोहमा सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update