Sagun Khabar
प्रदेश किशोर÷किशोरी स्वास्थ्य प्रवद्र्धन ताराको उपाधि बैतडीका प्रकाश र कैलालीका स्मृतिलाई 

बैतडी –‘प्रदेश किशोर÷किशोरी स्वास्थ्य प्रवर्द्धन तारा’ को उपाधि बैतडीको मेलौली नगरपालिका २ का प्रकाश बडू र कैलालीको धनगढी उपमहानगरपालिका–५ का स्मृति शाहीले जितेका छन् । बडू दुर्गास्थानस्थित केदारेश्वर मावि कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् भने शाही धनगढीस्थित नाष्ट माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन् । 

सामाजिक विकास मन्त्रालय, प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्र कञ्चनपुरको आयोजनामा धनगढीमा मंगलबार सम्पन्न विभिन्न विधाका स्पर्धामा बडू र शाही उत्कृष्ट हुँदै ‘प्रदेश स्वास्थ्य प्रवद्र्धन तारा’ जितेका हुन् । 

उपाधि विजेता दुवैलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले एक समारोहका बीच ट्रफी, सम्मानपत्र र नगद २५÷२५ हजारसहित पुरस्कृत गरे । 

Atrya hospital

बैतडीका बडू बालविवाह न्यूनीकरण अभियानमा समेत सक्रिय रहेका छन् । रुपान्तरण कक्षाको सहजकर्ता समेत रहेका बडू उपाधि जितेपछि निकै खुसी भएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update