Sagun Khabar
बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा टेलिकमको सेवा अवरुद्ध 

बैतडी –बैतडी सहित सुदूरपश्चिमका जिल्लाहरुमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमले प्रदान गर्दै आइरहेको भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको हो । कोहलपुर र लमहीको बीचमा अप्टिकल फाइबरमा समस्या आएपछि टेलिकमको सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रमराम टमाटाले बताए । 

मंगलबार साँझदेखि टेलिकमको सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक समस्यामा परेका छन् । अवरुद्ध टेलिकमको सेवा कहिले सुचारु हुन्छ भन्ने बिषयमा केही जानकारी आएको छैन् । 
 

प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update