Sagun Khabar
कञ्चनपुरको बेलौरी पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा 

कञ्चनपुर –कञ्चनपुरको बेलौरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच जिल्ला समन्वय समिति कञ्चनपुरकी उपप्रमुख रामकुमारी रानाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेकी हुन् ।

राष्ट्रिय खोप तालिका अनुसार नगर क्षेत्र भित्रका २ वर्ष मुनिका बालबालिकाहरुले पाउने सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताइएको छ । जन्मेदेखि २ वर्ष मुनिका बालबालिकाहरुलाई विभिन्न रोगविरुद्ध १२ प्रकारका खोप दिने गरिएको छ । 

स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवरका अनुसार अब छिट्टै कञ्चनपुर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तयारी भइरहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update