Sagun Khabar
बाजुराको बुढीगंगामा भोलि मतदान, १ हजार बढी सुरक्षाकर्मी परिचालन 

बाजुरा –बाजुराको बुढीगंगा नगरपालिकामा स्थगित भएको स्थानीय तहको निर्वाचन भोलि हुने भएको छ ।  गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो । 

भोलि हुने निर्वाचनका लागि सम्पूर्ण तयारी भइसकेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी जानकारी दिए । बिहीबार बिहान ७ बजेदेखि हुने मतदानका लागि सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएको उनले बताए ।  

स्वास्थ्य सन्देश
Atrya hospital

मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । १० ओटा मतदानस्थल रहको पालिकामा हरेक मतदानस्थलमा करिब १ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समन्वय समितिले जनाएको छ । 

मतदानस्थलमा मतदान हुने मितिको एक साताअघि नै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालित भइसकेका छन् ।

१० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता रहेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update