राष्ट्रिय वाणिज्य बैंकले बिदाको दिन पनि सेवा दिने
बैतडी –राष्ट्रिय वाणिज्य बैंकले सेवाग्राहीको चापलाई ध्यानमा राखेर बिदाको दिन पनि सेवा दिन भएको छ । आज र भोलि सार्वजनिक बिदा भएपनि राष्ट्रिय वाणिज्य बैंक खुला रहने राष्ट्रिय वाणिज्य बैंक शाखा बैतडीका प्रबन्धक पुरुषोत्तम लेखकले बताए ।
राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालयले जारी गरेको सर्कुलर अनुसार बिदाको दिन सेवा दिने उनले बताए । चालु आर्थिक बर्षको अन्तिमतिर भएकाले सेवाग्राहीहरुको समस्यालाई ध्यानमा राखेर बिदाको दिन बैंक खुल्ने भएको हो ।
आज र भोलि सार्वजनिक बिदा भएपनि राष्ट्रिय वाणिज्य बैंकको सेवा सुचारु हुने शाखा प्रबन्धक लेखकले बताए । सेवाग्राहीहरुलाई बैंकमा आएर सेवा लिन समेत उनले आग्रह गरेका छन् ।
प्रकाशित मिति: शनिबार, असार २५, २०७९ ०७:२६
प्रतिक्रिया दिनुहोस्




