Sagun Khabar
बाजुराको बूढीगङ्गामा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै

बाजुरा –बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो प्राप्त विवरण अनुसार २ हजार ७ सय मत गणना हुँदा नेकपा एमालेबाट मेयरका उम्मेदवार रामबहादुर बानियाँ १ हजार ५ सय ९२ मतसहित अगाडि रहेका छन् । नेपाली कांग्रेसका मेयर उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ९० मतसहित बानियाँलाई पछ्याइरहेका छन् । 

त्यसैगरी उपमेयरमा एमालेका उम्मेदवार मायाँ कुवँरले १ हजार ५ सय ५७ र कांग्रेसका रीता शाहीले १ हजार १० मत प्राप्त गरेकी छिन् । वडा १ र १० को मतगणना सकिएको छ । अहिले वडा २ र ९ को गणना भइरहेको छ ।

स्वास्थ्य सन्देश
Atrya hospital

वडा १ मा एमालेका रणबहादुर थापा प्यानल सहित विजयी भएका छन् । कांग्रेसका वडाअध्यक्ष उम्मेदवार लोगबहादुर थापा पराजित भएका छन् ।  विजयी रणबहादुर थापाले ३ सय ५३ मत प्राप्त गरे भने कांग्रेसका लोगबहादुर थापाले ३ सय १८ मत ल्याए ।

त्यस्तै वडा नम्बर १० मा नेकपा एमालेका दलबहादुर साउद विजयी भएका छन् । कांग्रेसका उम्मेदवार मोहनबहादुर बुढा पराजित भएका छन् । विजयी साउदले ५ सय ४८ मत प्राप्त गरे भने पराजित बुढाले ४ सय ९१ मत ल्याए । 

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न अस्ति बिहीवार पुनः मतदान भएको थियो । त्यहाँ १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशत मतदान भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ०८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update