Sagun Khabar
बैतडीको सुर्नया २ मा  सहिद स्मृति खेल मैदान निर्माण गरिँदै

बैतडी- बैतडीको सुर्नया गाउँपालिकामा सहिद स्मृति खेल मैदान निर्माण भइरहेको छ । गाउँपालिकाको वडा नं २ पत्ताल भुवनेश्वर मन्दिर जाने गेट भन्दा माथि रहेको  जमिनमा  खेलमैदान निर्माण भइरहेको हो ।

सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयको १० लाख बजेटमा सहिद स्मृति खेल मैदान निर्माण भइरहेको निर्माण समिति अध्यक्ष नरेन्द्र बहादुर चन्दले जानकारी दिए । एक निर्वाचन क्षेत्र एक खेल मैदान नीति अनुरुप समाजिक विकास कार्यालय बैतडीमा मार्फत खेल मैदान निर्माण भइरहेको बताइएको छ ।

खेलमैदान  निर्माणका लागि अहिले फिल्ड कटिङको काम जारी रहेको बताइएको छ । असार मसान्त भित्र सक्ने लक्ष्य सहित काम भइरहेको निर्माण समिति अध्यक्ष चन्दले बताए । खेल मैदान निर्माण भएपछि विभिन्न खेल तथा साँस्कृतिक महोत्सवहरु आयोजना गर्न सहज हुने स्थानीय मोहन बहादुर विष्टले बताए ।

प्रसिद्ध धार्मीक तथा पर्यटकिय स्थल पत्ताल भुवनेश्वरमा शिवरात्रि पर्वमा भव्य मेला लाग्ने हुँदा विभिन्न कार्यक्रम आयोजना गर्न ठाउँको नै आभाव हुने गरेकोमा खेलमैदान निर्माण पछि  सजिलो  हुने उनले बताए । 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update