Sagun Khabar
श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति भवन कब्जा गरेर उत्सव मनाए, राष्ट्रपति भागेर सुरक्षित स्थानमा
स्वास्थ्य सन्देश
Atrya hospital

श्रीलंकामा आन्दोलनकारीले राष्ट्रपति गोटावाया राजापाक्षेको निवास कब्जा गरेका छन् । देशका विभिन्न स्थानबाट, बस, ट्रक, रेल र कार चढेर राजधानी कोलम्बो पुगेका हजारौँ प्रदर्शनकारीले राष्टपति निवास कब्जा गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

प्रदर्शनकारीले प्रहरीका अवरोध हटाउँदै राष्ट्रपति राजापाक्षेको निवास वरपर पुगेर ढुंगा तथा इट्टा प्रहार गरेका छन् । प्रदर्शनकारी राष्ट्रपति निवासमा पसेका र केहीले खुसीयाली मनाइरहेका दृष्य सार्वजनिक भएका छन् । केही प्रदर्शनकारीले राष्ट्रपति निवासको पौडी पोखरीमा पौडीको मज्जा पनि लिएका छन् । प्रदर्शनकारीले निवास घेर्न थालेपछि राष्ट्रपति राजापाक्षेलाई सेनाले सुरक्षित ठाउँमा लगेको खबरमा उल्लेख छ ।

आजको प्रदर्शन आर्थिक संकट सुरु भएयताकै ठूलो भएको खबरमा उल्लेख छ । प्रहरीले सयौँ राउण्ड अश्रुग्यास र हवाई फायर गरेको छ । उनिहरुले राष्ट्रपतिले पारिवारिक व्यक्तिलाई मात्रै मुख्य पदमा नियुक्ति गरेको र आफ्नो स्वार्थको लागि देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् २ करोड २० लाख जनसंख्या भएको श्रीलंका आर्थिक रुपमा टाटा पल्टिएको छ । औषधि, इन्धन, खाद्यान्न लगायतका वस्तुको चरम अभाव भएको छ । नागरिक भोकमरीमा पुगेका छन्, विद्यालयहरु बन्द हुने क्रम बढेको छ । 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update