Sagun Khabar
बझाङमा खेत जोत्दाजोत्दै एक वडा सदस्यको निधन 

बझाङ –बझाङमा एक वडासदस्यको निधन भएको छ । शनिबार जिल्लाको मष्टा गाउँपालिका–७ का नवनिर्वाचित वडासदस्य बमबहादुर बोहराको निधन भएको हो । 

बोहरा आज बिहान गाउँ नजिकैको खेतमा हलो जोत्दाजोत्दै रिंगटा लागेर अचानक ढलेका थिए । रिंगटा लागेर ढलेका उनको घटनास्थलमै मृत्यु भएकोे पारिवारिक स्रोतले जानकारी दिएको छ । 

मृतक बोहरा गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update