Sagun Khabar
पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख नेगीमाथि बलात्कार आरोप, पक्ष र विपक्षमा विज्ञप्ती  

बैतडी–बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्र नेगीमाथि बलात्कार गरेको आरोप लागेको छ । कैलाली घर भई बैतडीमा ज्याला मजदुरी गर्दै आएकी एक महिलालाई क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको हो । 

मजदुर महिलामाथि बलात्कार गरेको आरोप लगाउँदै तीन विद्यार्थी संगठनहरुले शनिबार विज्ञप्ती निकालेर कारवाही गर्न माग गरेका छन् । अनेरास्ववियु, नेविसंघ र अखिल (क्रान्तीकारी)ले संयुक्त विज्ञप्ती निकालेर महिलामाथि क्याम्पस प्रमुखले बलात्कार गरेको आरोप लागेकाले घटनाको सत्यतथ्य छानबीन आग्रह गरेका छन् । 

यस्तै अनेरास्ववियु (क्रान्तिकारी र अखिल (क्रान्तिकारी)ले अर्को विज्ञप्ती निकाल्दै क्याम्पस प्रमुख नेगीमाथि झुटो आरोप लगाएको दाबी गरेको छ । सामाजिक सञ्जालमा आएका कुरा प्रमाणित गर्न चुनौती दिँदै दुवै संगठनले क्याम्पस प्रमुखमाथिको आरोप पुष्टि गर्न भनेका छन् । 

पीडित महिलाले भने सञ्चारमाध्यमसंग कुराकानी गर्दै आफूमाथि बलात्कार भएको बताएकी छिन् । आफूले कैलालीबाटै बलात्कार मुद्दा दर्ता गर्ने उनले बताएकी छिन् ।

यता जिल्ला प्रहरी कार्यालय बैतडीले भने घटनाका बिषयमा पीडितलाई बुझ्न पठाएको र आफूमाथि त्यस्तो व्यवहार नभएको बताएको दाबी गरेको छ । पीडित महिलालाई बुझ्दा आफूमाथि त्यस्तो प्रकारको व्यवहार नभएको बताएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनले भने ‘सामाजिक सञ्जालमा कुरा बाहिर आएपछि हामीले पीडितलाई बुझ्न पठायौं । पीडित भनिएका महिलाले आफूमाथि त्यस्तो व्यवहार नभएको बताएपछि हामीले अन्य कुरा तर्फ ध्यान दिएनौं । पीडितले अन्य ठाउँमा के भने भन्दा पनि प्रहरीसंग भनेको कुराका आधारमा कारवाही अघि बढ्छ ।’

Bigypati1657369716.jpg

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update