बैतडीको दनपा र सुर्नयाको सीमामा प्रवेशद्वार निर्माण हुने, ५ लाख विनियोजन
बैतडी- बैतडीको दशरथचन्द नगरपालिकाले प्रवेशद्वार निर्माण गर्ने भएको छ । नगरपलिकामा असार २२ गते बसेको नगरसभा बैठकले सुर्नया गाउँपालिका र दशरथचन्द नगरपालिकाको सीमा क्षेत्रमा प्रवेशद्वार निर्माण गर्ने निर्णय गरेको हो ।
प्रवेशद्वार निर्माण गर्न नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेको बताएको छ । नगरपालिकाले प्रवेशद्वार निर्माण गर्न ५ लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशी (लख्खाभाइ)ले जानकारी दिए ।
उपयुक्त स्थान छनोट गरेर सुर्नया र दनपाको सीमामा प्रवेशद्वार निर्माण हुने उनले बताए । आर्थिक वर्ष २०७९÷८० मा प्रवेशद्वार निर्माणका लागि बजेट विनियोजन भएको नगर प्रमुख जोशीले बताए ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९ ०८:३१
प्रतिक्रिया दिनुहोस्




