Sagun Khabar
बझाङमा एक किशोरीमाथि जबरजस्तीकरणी प्रयास, एक जना पक्राउ 
स्वास्थ्य सन्देश
Atrya hospital

बझाङ –बझाङमा किशोरीमाथि जबरजस्ती करणीको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बुङ्गल नगरपालिका–४ खिरातडीका ४४ वर्षीय बिर्ख नेगी पक्राउ परेका हुुन् । 

यही असार २१ गते साँझको समयमा रोपाइँ सकेर घर नजिकैको धारामा नुहाइरहेकी १७ वर्षीया किशोरीलाई मदिरा सेवन गरेका उनले बलात्कारको प्रयास गरेका प्रहरीले जनाएको छ । नेगीले किशोरीलाई धाराभन्दा केही तल लगी बलात्कार प्रयास गर्दा किशोरीले चिच्याएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

यही असार २३ गते पक्राउ परेका नेगीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुंगानाले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update