Sagun Khabar
सहिद चन्दको सम्झनामा  बैतडीको लिस्किटामा विशाल स्मृति पार्क निर्माण

बैतडी- बैतडीको सुर्नया गाउँपालिका २ लिस्किटामा विशाल स्मृति पार्क निर्माण भएको छ । सुदूरपश्चि प्रदेश सरकारको बजेटबाट विशाल  समृति पार्क निर्माण भएको हो ।लिस्किटा घर भएका सहिद दिपक चन्द (विशाल)को स्मृतिमा उक्त पार्क निर्माण गरिएको हो । प्रदेश सरकारको १० लाख बजेट बाट पार्क निर्माण गरिएको निर्माण समिति अध्यक्ष आर्जु चन्दले जानकारी दिइन् ।

बैतडीको क्षेत्र नं क बाट निर्वाचित प्रदेश सभासदस्य प्रेम प्रकाश भट्ट (आदित्य)को पहलमा पर्यटन पूर्वाधार विकास कोषको १० लाख बजेटबाट विशाल स्मृति पार्क  निर्माण गरिएको  बताइएकाे छ । 

त्तकालिन बाशुलिङ्ग गाबिस वडा नं ७ र हालको सुर्नया गाउँपालिका वडा नं २ लिस्किटामा २०३९ सालमा जन्मेका दिपक चन्द ( विशाल) जनयुद्धमा मारिएका थिए । २० वर्षको कलिलो उमेरमा उनी साहदत प्राप्त गरेका हुन् । गणतन्त्र स्थापनाका लागि २०५४ साल देखि माओवादी पार्टीमा लागेर भूमिगत जीवन विताइरहेका चन्द २०५९ साल कार्तीक ८ गते जुम्लाको सदरमुकाम खलंगामा मारिएका थिए ।

जुम्ला सदरमुकाम खलंगामा युद्ध चलिरहेका बेला उनको नेपाली सेनाको गोलि लागेर मृत्यु भएको थियो । अहिले उनकै सम्झनामा  सहिद विशाल स्मृति पार्क निर्माण गरिको हो । विशाल स्मृति पार्क निर्माण कार्य सम्पन्न भएपछि आइतबार सालिक स्थापना तथा अनावरण कार्यक्रम सम्पन्न गरिएको विशाल स्मृति पार्क निर्माण समितिका सचिव बिनोद प्रशाद भट्टले बताए ।

एक औपचारिक कार्यक्रमको आयोजना गरेर सहिद चन्दको सालिक स्थापना तथा अनावरण कार्यक्रम सम्पन्न गरिएको हो ।आइतबार सहिद विशाल चन्द स्मृति पार्कमा सालिक अनावरण कार्यक्रम गरिएको विशाल स्मृति पार्क निर्माण समितिका सचिव भट्टले बताए ।

पार्क निर्माणका लागि  सहिद परिवारले  जग्गा उपलब्ध गराएका थिए । यो पार्कको ४० मिटर  चौडाइ र  ६० मिटर लम्बाइ  छ । सो बजेटबाट प्रवेशद्वार निर्माण गरिएको छ र  पार्कको  बिचमा सहिद चन्दको  सालिक राखिएको  छ । 
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १३:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update