Sagun Khabar
एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बैतडीमा ‘दायित्वबोध’प्रशिक्षण 

बैतडी –नेकपा एमाले बैतडीले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दायित्वबोध प्रशिक्षण दिएको छ । जनप्रतिनिधिहरुले जनताको भावना अनुसार काम गर्न सकुन भनेर ‘दायित्वबोध’प्रशिक्षण दिइएको एमाले बैतडीका उपसचिव लोकेन्द्र भण्डारीले बताए । 

बैतडीमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र कार्यपालिका सदस्य गरेर एमालेबाट १९६ जना निर्वाचित भएका छन् । निर्वाचित सबै जनप्रतिनिधिहरुलाई पार्टीका तर्फबाट प्रशिक्षण दिइएको उपसचिव भण्डारीले बताए । 

निर्वाचनका बेला तयार पारेका घोषणापत्र, मतदाता समक्ष गरेका बाचा अनुसार काम गर्नका लागि जनप्रतिनिधिहरुलाई निर्देशन दिइएको बताइएको छ । 

जनप्रतिनिधिहरुलाई एमालेका प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारी, केन्द्रिय सदस्य एवं जिल्ला सह–इन्चार्ज लिलाधर भट्ट, पार्टी सचिव चक्रबहादुर कार्की लगायतले प्रशिक्षण दिएका थिए । 
 

प्रकाशित मिति: आइतबार, असार २६, २०७९  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update