कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जोशी निर्वाचित
कञ्चनपुर –कञ्चनपुर उद्योग वाणिज्य संघको १७औं कार्यकारिणी समितिको निर्वाचनमा युवा व्यवसायी पिताम्बर जोशी अध्यक्षमा निर्वाचित भएका छन् । संघको आइतबार दिउँसो सम्पन्न मतगणनामा संघका पूर्व अध्यक्षसमेत रहेका गणेशदत्त जोशीलाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन् ।
निर्वाचित जोशीले एक हजार दुई सय ९९ मत प्राप्त गरेका छन् भने पराजित जोशीले ७८३ मत पाएको निर्वाचन समितिले जनाएको छ । यस्तै संघका उपाध्यक्षमा धर्मसिंह रावल, महासचिवमा खगेश्वर बोहरा निर्वाचित भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी प्यानलका दिनेश मल्ल, उपाध्यक्षमा सुरेश गुरुङ्ग, सचिवमा राहुल भट्ट, कोषाध्यक्षमा चेतराज जोशी निर्विरोध निर्वाचित भइसकेका छन् । त्यसैगरी संघको सात सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।
प्रकाशित मिति: आइतबार, असार २६, २०७९ १७:२१
प्रतिक्रिया दिनुहोस्




