बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकाले टुहुरा बालबालिकाहरुलाई पढाई खर्च वितरण गरेको छ । गाउँपालिकाभरीका २० जना टुहुरा बालबालिकाहरुलाई प्रति बालबालिका २० हजारका दरले पढाई खर्च वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।
टुहुरा बालबालिकाहरुको पठनपाठनमा सहयोग मिलोस भने उनीहरुका संरक्षक बोलाएर पढार्य खर्च वितरण गरिएको हो । आमा–बुवा दुवै नभएका बालबालिकाहरुलाई पढाई खर्च दिने गाउँपालिकाले निर्णय गरेको थियो ।
आगामी आर्थिक बर्षमा पनि यो कार्यक्रमलाई परिष्कृत गर्दै निरन्तरता दिइने उपाध्यक्ष कार्कीले बताइन् । टुहुरा बालबालिकाहरुलाई अनथालयमा बस्ने व्यवस्था सहित उनीहरुलाई माध्यमिक शिक्षा पालिकाले पढाउने गरेर व्यवस्था गर्ने सोच रहेको उनले बताइन् ।
दोगडाकेदार गाउँपालिका वडा नं ४ मा अनाथालय भवन समेत निर्माण भइसकेकाले यो बिष्यामा सबै सरोकारवालाहरुसंग छलफल गरेर अघि बढ्ने कार्कीले बताइन् । टुहुरा बालबालिकाहरु शिक्षाबाट वञ्चित नहोउन भन्नका लागि पालिकाले पहल गरिरहेको उनले सुनाइन् ।




