Sagun Khabar
सुर्नया बालसञ्जालद्वारा आठै वडामा वृक्षारोपण, मठमन्दिर र विद्यालयमा सरसफाइ

बैतडी –सुर्नया बालसञ्जाल बैतडीले सुर्नया गाउँपालिकाका ८ ओटै वडामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो गाउँ आँफै बनाऔं भन्ने अभियानका अनुसार सोमबार सबै वडामा वृक्षारोपाण कार्यक्रम गरिएको सुर्नया बालसञ्जालका निवर्तमान अध्यक्ष विशाल भट्टले बताए । 

आठओटै वडामा गठन गरिएका वडास्तरीय बालसञ्जालको अगुवाइमा वृक्षारोपण कार्यक्रम गरिएको हो । यस्तै आठओटै वडामा रहेका मठमन्दिर तथा विद्यालयहरुमा सरसफाइ कार्यक्रम समेत गरिएको भट्टले बताए । 

सुर्नया बालसञ्जालको पुनगर्ठन भएसंगै नयाँ समितिले सामाजिक कामहरुलाई अघि बढाएको सुर्नया बालसञ्जालका अध्यक्ष हिक्मत साउँदले बताए । 
 

प्रकाशित मिति: सोमबार, असार २७, २०७९  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update