Sagun Khabar
सुदूरपश्चिमका केही स्थानमा भारी बर्षाको सम्भावना 

बैतडी –मंगलबार सुदूरपश्चिममा भारी वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको र दिउँसोपछि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । 

आज दिउँसो र राति सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update