Sagun Khabar
बैतडी भएर बग्ने नदीहरुमा बहाव बढ्न सक्ने, सतर्क रहन स्थानीय प्रशासनको आग्रह 

बैतडी –लगातारको बर्षाका कारण बैतडी भएर बग्ने स–साना नदीहरुमा पानी बहाव बढ्न सक्ने भन्दै सचेत गराइएको छ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बैतडी भएर बग्ने स–साना नदीहरुमा बाढी आउन सक्ने चेतावनी दिएको छ । 

यस्तै महाकाली नदीमा समेत जलस्तर बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तटीय क्षेत्रका नागरिकलाई आग्रह गरिएको छ । 

बैतडी सहित दार्चुला र बझाङ भएर बग्ने नदीहरुमा पनि पानीको बहाव बढ्न सक्ने बुलेटिनमा उल्लेख गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले बैतडीका नदीहरुमा पानीको बहाव बढ्न सक्ने उल्लेख गरेपछि स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ । 

नदी आसपास नजान र आवश्यक सतर्कता अपाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । जिल्लाका स–साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव बढ्ने सम्भवाना रहेको कुरा बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख भएकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ । बर्षाको भएको समयमा नदी आसपास नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update