अनेरास्ववियु बैतडीको १२ औँ अधिवेशन सुरु, नयाँ नेतृत्व चयन हुने
बैतडी- नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बैतडीको जिल्ला अधिवेशन सुरु भएको छ । नेकपा एमाले सुदूरपश्मि प्रदेश अध्यक्ष एवंम बैतडीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दामोदर भाण्डारीको प्रमुख आतिथ्यतामा १२ औँ जिल्ला अधिवेशसन सुरु भएको अनेरास्ववियु बैतडी संयोजक नरेन्द्र साउँदले जानकारी दिए ।
उनका अनुसार अनेरास्ववियुको अधिवेशन कार्यक्रम नेकपा एमालेको पार्टी कार्यालय गढीमा चलेको छ । अधिवेशनबाट अनेरास्ववियुको नयाँ नेतृत्व आजै चयन हुने संयोजक साउँदले बताए ।
अधिवेशनबाट ७ जना पदाधिकारी सहित बढीमा ३९जनाको जिल्ला कमिटी चयन हुने अनेरास्ववियु बैतडीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९ १४:५७
प्रतिक्रिया दिनुहोस्




