Sagun Khabar
डडेल्धुरामा बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ

डडेल्धुरा- डडेल्धुरामा बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका–२ गांखेतका ४२ वर्षीय दानबहादुर थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

 उनले पीडित बालिकासहित विभिन्न समयमा महिलाहरुमाथि समेत दुव्र्यवहार गर्ने गरेको खुलेको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पालले बताए। उनका अनुसार पक्राउ परेका थापा मगरमाथि अदालतबाट म्याद थप भएर अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update