Sagun Khabar
अनेरास्ववियु बैतडीको अध्यक्षमा साउँद 

बैतडी –नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु बैतडीको अध्यक्षमा नरेन्द्र साउँद सर्वसम्मत चयन भएका छन् । मंगलबार बैतडी सदरमुकाममा सम्पन्न भएको अनेरास्ववियुको १२ औं जिल्ला अधिवेशनले साउँदको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कमिटि गठन गरेको हो । 

कमिटिको उपाध्यक्षमा रामसिंह माल, सचिवमा प्रेमसिंह कार्की, कोषाध्यक्षमा हेमन्ती बोहरा  र सहसचिवमा महादेव तिवारी र सञ्जु भण्डारी लगायत अन्य सदस्य चयन भएका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update