बैतडीमा भीरबाट लडेर एक किशोरको मृत्यु
बैतडी –बैतडीमा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका वडा नं २ चडेखान बस्ने १७ बर्षीय विरेन्द्र बोहराको छत्यौडा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
बाख्रा चराउन गएका बोहरा बुधबार दिउँसो साढे १२ बजेतिर भीरबाट लडेर सुनीगाडमा खोलामा परेका र घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक जोशीले बताए ।
निङ्गलाशैनी मावि देहीमाण्डौंमा कक्षा १२ अध्ययनरत बोहराको भीरबाट लडेर मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमग्न भएको छ ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ १८:१४
प्रतिक्रिया दिनुहोस्




