बैतडी –बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगी विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता भएको छ । आफूमाथि जबरजस्तीकरणी गरेको भन्दै कैलालीकी एक महिलाले दिएको जाहेरीका आधारमा नेगी विरुद्ध बुधबार इलाका प्रहरी कार्यालय पाटनमा जबरजस्तीकरणी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
पीडित महिलाले दिएको जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई पक्राउ गरेर अनुसन्धान गर्ने तयारी भएको छ । उनले भने ‘अब प्रक्रिया अघि बढेको छ । नेगीलाई पक्राउ गरेर अनुसन्धान शुरु हुन्छ ।’
कैलाली घर भइ बैतडीको पुर्चौंडीमा ज्यालामजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको छ । यही असार २० गते पानी माग्ने निहुँमा महिलामाथि नेगीले बलात्कार गरेको आरोप लागेको हो । पीडित महिलाको बुधबार नै स्वास्थ्य परीक्षण गरिएको छ ।




