Sagun Khabar
डडेल्धुरामा महिलाको शव फेला

डडेल्धुरा- डडेल्धुराको आलिताल गाउँपालिकामा एक महिलाको शव फेला परेको छ। आलिताल–४ कोइलानीकी अन्दाजी २३ वर्षीया गंगा धामी बोहराको शव झुण्डिएको अवस्थामा फेला परेको आलिताल प्रहरी चौकीले जनाएको छ।

बिहीवार बिहान बोहराको शव घरभन्दा करिब एक सय मिटर टाढा  फेला परेको  रहेको प्रहरीले जनाएको छ।

आलिताल प्रहरी चौकीको टोली घटनास्थलमा पुगिसकेको छ। अनुसन्धानको थप प्रक्रिया अगाडि बढीरहेको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए।
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update