सिगास गाउँपालिका वडा नं १ को कार्यालयमा तालाबन्दी
बैतडी –बैतडीको सिगास गाउँपालिकाको वडानम्बर १ को कार्यालयमा तालाबन्दी गरिएको छ । बिहीबार कार्यालय बन्द हुने समयमा कार्यालयमा तालाबन्दी गरिएको हो । चार÷पाँच जना महिलाहरु आएर वडामा तालाबन्दी गरेर फर्किएको आफूलाई सूचना प्राप्त भएको सिगास गाउँपालिका वडा नं १ का वडा अध्यक्ष रामचन्द्र ऐरीले जानकारी दिए ।
कोरोना प्रभावितले वडाबाट पाउनुपर्ने रकम नपाएको भन्दै स्थानीय महिलाहरुले तालाबन्दी गरेका हुन् । यता वडाध्यक्षले ऐरीले भने सो वडाका ६० जनालाई मात्र गाउँपालिकाले रकम वितरण गर्न भनेकोले सबैले रकम नपाएको बताए । अति विपन्न परिवारका ६० जनालाई १० हजारका दरले रकम दिइएको वडा अध्यक्ष ऐरीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १७:५७
प्रतिक्रिया दिनुहोस्




