Sagun Khabar
बर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबालीमा क्षति 

बैतडी –लगातारको बर्षा र हावाहुरीले बैतडीका विभिन्न स्थानमा मकैबालीमा क्षति पुर्याएको छ । बिहीबार दिउँसो हावाहुरीसंगै परेको पानीले पाटन नगरपालिका वडा नं २ मा मकैबालीमा व्यापक क्षति पुर्याएको स्थानीय नन्दसिंह ऐरले बताए । 

वडाका धेरैजसो ठाउँमा घोगा लाग्नै लागेको मकै ढलेर नष्ट भएको उनले बताए । मकैबालीमा क्षति भएपछि किसानहरु चिन्तित बनेका छन् । 

यस्तै दशरथचन्द नगरपालिकाका विभिन्न स्थानमा लगाएको मकैबालीमा पनि हावाहुरी र बर्षाले क्षति पुर्याएको छ । दशरथचन्द नगरपालिका वडा नं २ का विभिन्न स्थानमा मकैबालीमा क्षति पुगेको स्थानीय मनोज बोहराले बताए । 

यसअघि जिल्लाको सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा मकैबालीमा बर्षा र हावाहुरीले क्षति पुगेको थियो । 

बैतडीमा मुख्य खाद्यबालीको रुपमा मकै रहेको भएपनि विभिन्न कारणले क्षति हुँदा किसानहरु चिन्तित बनेका छन् । जंगली जनावरबाट जोगाउन पहरा दिएको भएपनि बर्षा र हावाहुरीबाट मकै जोगाउन नसक्दा किसानहरु चिन्तित बनेका छन् । 

बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update