बैतडी- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बैतडीले गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ । बिहीबार जिल्लाको खोड्पेमा अखिलले राष्ट्र बैँकका गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) बैतडी अध्यक्ष गोबिन्द माल क्षेत्रीले जानकारी दिए ।
अधिकारीले कानुन विपरित दलीय जिम्मेवारी लिएको भन्दै त्तकाल बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरिएको उनले बताए । अखिल क्रान्तिकारीले अहिले गभर्नर महाप्रसाद अधिकारलाई बर्खास्त गर्न माग गर्दै देशव्यापी आन्दोलन गरिरहेको अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष मालको भनाइ छ ।
पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्ने भन्दै सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीलेसमेत अधिकारीको राजीनामा मागिरहेका छन् ।
नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ ।




