बैतडी –बैतडीको डिलाशैनी गाउँपालिकाले एमबीबीएस डाक्टरका लागि आवेदन आह्वान गरेको छ । गाउँपालिकाको डिलाशैनी स्वास्थ्यचौकीलाई स्तरोन्नती गर्ने कार्यक्रम अनुसार एमबीबीएस डाक्टरका लागि आवेदन आह्वान गरेको गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए ।
गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा डिलाशैनी र रुद्रेश्वर स्वास्थ्यचौकीलाई स्तरोन्नती गर्ने कुरा उल्लेख गरेको थियो । सोही कार्यक्रम अनुसार एमबीबीएस डाक्टरका लागि आवेदन आह्वान गरिएको अध्यक्ष जोशीले बताए ।
यस्तै एकजना जनस्वास्थ्य अधिकृतका लागि पनि आवेदन आह्वान गरिएको छ । गाउँपालिका कार्यालयका लागि जनस्वास्थ्य अधिकृत माग गरिएको अध्यक्ष जोशीले बताए ।
यस्तै गाउँपालिकामा कृषिका कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि कृषि अधिकृत समेत माग गरिएको छ । करार सेवामा लिने गरेर तिनै पदको विज्ञापन आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।




