नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा बैतडीका बिष्टको उम्मेदवारी
बैतडी –बैतडीका पत्रकार बसन्त विष्टले नेपाल प्रेस युनियनको केन्द्रिय खुल्ला सदस्यमा पदमा उम्मेदवारी दिएका छन् । साउन ६ र ७ गते हेटौडामा हुने नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा केन्द्रिय पार्सद समेत रहेका विष्टले खुल्ला तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
उनी सुर्नया टाइम्सका प्रकाशक एवं सम्पदाक हुन । लामो समय देखि पत्रकारिता गरिरहेका विष्ट नेपाल प्रेस युनियन बैतडीका पूर्व अध्यक्षसमेत हुन् । हेटौडामा हुने नवौँ महाधिवेशनले नेपाल प्रेस युनियनको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९ ०८:५६
प्रतिक्रिया दिनुहोस्




